Animal Identification (पाठविवरण)
क्रियाकलापको शिर्षक : Animal Identification
क्रियाकलापको कोड : II E 14 (कक्षा २, अङ्ग्रेजी )
शिक्षणको हप्ता : ७, ८ अथवा ९
पाठ्यपुस्तकको सम्बन्धित पाठ : My English Book II
सिकाइ क्षेत्र : Speaking, reading, 8, 10, 12, 16
सिकाइउपलब्धि : १) ठिक उच्चारण, झोक्का र उतार-चढाव मिलाई भाषाको प्रयोग
२) साधारण अङ्ग्रेजीमा जनावरका नामहरू भन्न
३) हेरेर वस्तुहरूका प्रचलित नामहरूको पहिचान गर्न
४) पाठ्यवस्तुबाट वस्तुहरूको खास नाम पत्ता लगाउन
सिकाइउपलब्धिको विस्तृतीकरण : चित्रपत्तीको अभ्यास, वर्णमालाका ठूला अक्षरहरूको संयोजन खेल
क्रियाकलापको उद्देश्य : दिएका जनावरहरूलाई चिन्नु र तीनको नाम बताउन सक्नु ।
क्रियाकलाप चलाउने तरिका : स्क्रिनमा एउटा प्रश्न, जनावरको चित्र र केही जनावरका नामहरू देखिन्छन् । जनावरलाई हेर्नुहोस्, सही नाम छान्नुहोस् र क्लिक गर्नुहोस् । सही नाममा क्लिक गरेमा ‘ठीकको चिन्ह’ आँउछ र जनावरको नामको उच्चारण सुनिन्छ । यदि गलत उत्तरमा क्लिक भयो भने ‘गलतको चिन्ह’ आँउछ । त्यसपछि, तपाईंले सही उत्तर छान्ने मौका पाउनुहुन्छ तर स्क्रिनको माथि बायाँपट्टीको स्कोरमा अङ्क भने जोडिदैन ।
स्व-मूल्याङ्कन : स्क्रिनको माथि बायाँपट्टीको कुनामा आफूले मिलाएको उत्तरको अङ्क (Score) देखिन्छ।
ई-पाटी प्रयोगपूर्वको क्रियाकलाप : ई-पाटीमा भएका Vocabulary Domestic Animals र Vocabulary Wild Animals गराउनुहोस् ।
ई-पाटी प्रयोगपछिको क्रियाकलाप : विद्यार्थीहरूलाई शैक्षिकभ्रमणका लागि नजिकको वस्तीमा लैजानुहोस् । लेख्ने कामका लागि आफूसँग कापी र सीसाकलम बोक्न लगाउनुहोस् । विद्यार्थीहरू सबैलाई एकपटकमा एउटा घरमा लगेर त्यहाँ देखिने जनावरका नामहरू लेख्न भन्नुहोस् । यदि अङ्ग्रेजीमा नाम थाहा नभएका जनावरहरू भेटिएमा तीनको नाम नेपालीमा लेख्न लगाउनुहोस् । विद्यार्थीहरूलाई कक्षाकोठामा ल्याउनुहोस् र कालोपाटीमा तिनीहरूले देखेका जनावरका नामहरूको सूची तयार पार्नुहोस् । सूची तयार पार्दा अङ्ग्रेजीमा थाहा भएका जनावरका नामहरू अङ्ग्रेजीमा र अङ्ग्रेजीमा थाहा नभएका नामहरूलाई नेपालीमा लेख्नुहोस् । अङ्ग्रेजीमा नामहरूको सूची तयार भए पछी यदि नेपालीमा लेख्नुपर्ने नामहरू भएमा त्यसलाई पनि लेख्नुहोस् । विद्यार्थीहरूलाई दोहोर्याउन भन्दै ती नामहरू लेख्दै उच्चारण गर्न लगाउनुहोस् । गृहकार्यमा हरेक विद्यार्थीहरूलाई आफ्नो र छिमेकमा नजिकको घरमा भएका जनावरहरूको नाम लेखेर ल्याउने काम दिनुहोस् ।
ई-पुस्तकालयसित सम्बन्धित क्रियाकलाप :
सामूहिक क्रियाकलाप :
गृहकार्य : सबै जनावरका नामहरू चिन्न र ठीक तरिकाले भन्न नआउँदासम्म ई-पाटीको क्रियाकलापमा अभ्यास गरेर आउन लगाउनुहोस् ।
समान वा सम्बन्धित अन्य क्रियाकलाप :
शिक्षणसम्बन्धि थप सल्लाह :
उपयोगी वेभसाइटहरू :